शनिबार १८ मंसिर २०७८

एजेन्सी/ जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधी निर्माता फाइजरलाई को’भिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप गर्न आ’ग्रह गर्नुभएको छ ।

व्हाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणमा फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्ताका क्रममा पनि यस्तो आग्रह गर्नुभएको छ ।

जापानका अधिकारीहरूले आइतबार जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गर्नुभएको थियो ।

जापानले खोपको आपूर्तिमा कुनै सम’स्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पु¥याउने बताउनुभएको थियो । उक्त अवसरमा प्रधानमन्त्री सुगाले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको उल्लेख छ ।

अधिकारीहरूका अनुसार बाउलाले सुगासँग यस बिषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने बताउनुभएको बुझिएको छ ।

घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र आर्थिक रूपमा शक्ति’शाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौ’तामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।

जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौ’ता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ ।

हालसालै कोभि’डका घटना’हरूमा देखिएको वृ’द्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सत’र्कताको स्थि’ति जा’री गरेको छ ।

जापानले महा’मारी सुरू भएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा को’भिड–१९ सङ्क्र’मण पुष्टि भएको जनाएको छ भने जापानमा कूल ९ हजार ५ सय ८४ को’भिड–१९ सङ्क्र’मितको मृ’त्यु भए’को छ ।

३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया