सोमबार १५ जेठ २०८०

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।

नेकपा (एमाले) संसदीय दलका नेता ओलीकाे नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मु’क्त हुनुभएको थियो । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐ’न, २०७३ बमोजिम दल त्या’ग गरेकाले राष्ट्रियसभा सदस्यबाट मु’क्त गरिएको थियो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उहाँलाई सांसदबाट मु’क्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज स्वीकृत गर्नुभएको थियो । राजनीतिक दलसम्बन्धी ऐन’अनुसार थापाको सदस्य पद रि’क्त भएको संसद् सचिवालयले जनाएको छ ।

गृहमन्त्री थापाले आजै (आइतबार) साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गाेपनीयताकाे सपथ’ग्रहण गर्ने कार्यक्रम समेत राखिएकाे छ ।

९४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया