शनिबार १८ मंसिर २०७८

काठमाडौ/ भ्रमण भिसामा मलेसिया गएर उतै बसेका नेपालीहरुले अब तत्काल मलेसिया छोड्नु’पर्ने भएको छ । स्वदेश नफ’र्केर मलेसियामै बसेकाहरुलाई त्यहाँको सरकारले यही वैशाख ९ गतेसम्ममा स्वदेश फर्कन निर्दे’शन दिएको छ ।

भिजिट भिसामा मलेसिया गएर विगत एक वर्षदेखि उतै बसेकाहरु अब मलेसिया बस्न नपा’उने भएका हुन् । मलेसिया नछा’डेका विदेशी नागरिकलाई २१ अप्रिल अर्थात् आगामी ९ वैशाखसम्म मलेसिया छा’ड्न त्यहाँको सरकारले निर्दे’शन दिएको हो ।

निर्दे’शन नमान्नेहरुलाई मलेसिया सरकारको अध्यागमन नियम अनुसार कार’वाही गर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसामा आफ्नो देश आएका तर भिसा नवीकरण नगरेर बसेकाहरुलाई देश छो’ड्न भनेको हो । त्यस्ता विदेशी नागरिकलाई २१ अप्रिलसम्ममा आफ्नो देश नछा’डे क’डा कार’बाही गर्ने चेता’वनी दिएको छ।

रोजगारीको उद्देश्य लिएर भ्रमण भिषामा मलेसिया प्रवेश गरेकाहरुलाई पनि देश छो’ड्न भनिएको हो । २१ अप्रिलसम्म पनि मलेसिया नछो’ड्नेले त्यहाँको अध्या’गमन नियमानुसार क’डा कार’बाही भोग्नुपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएर स्वदेश नफ’र्किनेको सङ्ख्या बढेपछि मलेसियाले यस्तो चेता’वनी दिएको हो ।

२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया