
काठमाडौं/ गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभाको सांसदबाट पद’मुक्त भए पछि उनको गृहमन्त्री पद पनि गु’मेको छ । उनलाई माओवादी केन्द्रले कार’वाही स्वरुप सांसद पद खुस्का’इदिएको थियो । उनको पद रि’क्त भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचनामार्फत जनाएका छन् । जसका कारण उनको मन्त्री पद समेत गुमे’को हो । माओवादीका संसदीय दलका नेता दीनानाथ शर्माले लिखित पत्र पेश गरेको सूचना प्राप्त भएपछि उनको पद रिक्त भएको संघीय संसदले जनाएको छ ।
थापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट ६ वर्षका लागि निर्वाचित भएका थिए। माओवादी केन्द्रले थापाले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई का’रवाही गरेको थियो । माओवादीले दल त्या’ग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पद’मुक्त गर्न सिफारिस गरेको थियो।
राष्ट्रिय सभा सदस्यबाट बर्खा’स्त भएसँगै गृहमन्त्री पद पनि गुमा’एका रामबहादुर थापा ‘बादल’ले आजै पुनर्नियुक्ति पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। आफ्नो पार्टी परि’त्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कार’बाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद खारे’ज भएको हो ।