
काठमाडौं/ अच’म्म छ– एउटा सरकारी कार्यालयमा जागिर खानका लागि प्रतिस्पर्धामा भाग लिएका उम्मेद्धारहरुले आफ्नो परीक्षाको नतिजा थाहा पाउन १२ वर्ष कुर्नुपर्यो ।
यो दृश्य नेपालकै एउटा सरकारी संस्थानको हो । जस्ले १२ बर्ष अघि लिएको परीक्षाको नतिजा आज आइतबार बल्ल १२ बर्ष पछि सार्वजनिक गरेको छ ।
संस्थाको नाम हो, नेपाल खानेपानी संस्थान । २०६६ सालमा लिएको अन्तरवार्ताको नतिजा आइतबार सार्वजनिक गरेको हो । संस्थानले ५६ जना कार्यालय सहयोगीका लागि १२ बर्ष अघि विज्ञापन गरेको थियो । जसमा १ सय ७४ जनामध्ये योग्यताक्रमको आधारमा छनोट भएकालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको पदपूर्ति समितिले जनाएको छ ।
खानेपानी संस्थाले निकालेको विज्ञापन प्रक्रिया चल्दै गर्दा बीचमा मु’द्दा मामि’ला परेपछि रोकि’एको प्रक्रियालाई सर्वोच्च अदा’लतले प्रक्रिया अगाडि बढाउन आ’देश दिएपछि संस्थानले पुनः प्रक्रिया अघि बढाएको थियो । यसबीचमा सर्वोच्चले अन्य पदको लागि पदपूर्ति गर्न पहिल्यै आ’देश दिएको भएपनि कार्यालय सहयोगी नियुक्तिको हकमा भने आ’देश दिन बाँकी थियो ।
सर्वाेच्चले आ’देश दिएपछि २०७७ मंसिर ९ देखि २९ गतेसम्म अन्तरवार्ता सञ्चालन गरी २०७८ बैशाख ४ गते परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । सोहीअनुसार गोरखापत्र दैनिकमा बैशाख ५ गते आइतबार संस्थानले सीमित र खुल्लातर्फ गरी ५६ जनालाई पदपूर्तिका लागि सिफारिस गरिएको सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनाअनुसार खानेपानी संस्थानले स्थायी नियुक्तिको लागि कर्मचारीको नाम सिफारिस गरेको छ ।