आइतबार १७ मंसिर २०८०

स्याङ्जा/ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कर्णाली प्रदेशबाट ओली सरकारको प’तन सुरु भएको बताएका छन् । शनिबार स्याङ्जामा कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा ओली सरकारको आ’यु सकिएको र त्यसको सुरुवात कर्णाली प्रदेशबाट भएको नेता सिंहले बताएका हुन्।

उनले भने, ‘ओली सरकारको पतन सुरु भयो। कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको छ । अब यो सरकारको आ’यु धेरै छैन।’नेता सिंहले अब नेपालको राजनीति फरक धारबाट बग्ने पनि बताएका छन् ।

साथै, कांग्रेस कमजोर हुँदा लोकतन्त्र कम’जोर भएको उनको विश्लेषण रहेको छ । कांग्रेसको आगामी १४औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्नुपर्ने उनले बताए।

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रका तर्फबाट मुख्मन्त्री बनेका महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिएका थिए । मत लिने क्रममा एमालेका ४ सांसदले पार्टीको ह्विपवि’परीत शाहीका प’क्षमा मतदान गरेका छ्न् ।

कर्णालीमा ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीकै प’क्षमा मतदान गरेका थिए । मुख्यमन्त्री शाहीको प’क्षमा २२ र वि’पक्षमा १५ मत खसेको थियो ।

६०० पटक हेरिएको

तपाईको प्रतिक्रिया