शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान ओली सरकार ढा’ल्ने खेल सुरु भइरहेको भन्दै सबै जनता प्रति’वादमा उत्रि’नुपर्ने बेला आएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सरकार ढा’ल्ने खेल भइरहेको भन्दै उक्त गल’त क्रियाकला’पविरुद्ध सबै जनता प्रति’वादमा उत्रि’नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बीचमा नै अनेक खालको जाल’झेल गरेर सरकार ढा’ल्ने फेरि नयाँ बनाउने, नयाँ खेलो’मेलो गर्ने काम शुरू भयो भने यसले दु’र्भाग्य निम्त्या’उँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्र’गोल सिर्जना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृ’तिहरू, विसं’गतिहरू देखा पर्न खोज्दैछ । सरकार ढा’ल्ने, सरकार ढा’ल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नरा’म्रा कुराको वि’रोध गर्नु जरुरी छ ।’

सही कुराको पक्षमा ग’लत कुराको विरु’द्धमा सबै जनताले खब’रदारी गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ । ‘यो काम पनि हामीहरूबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निरा’शा फैलाउने र अस्तव्य’स्तता सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन,’ उहाँले भन्नुभयो, ‘सधैँ बस्छु भनेर हिजो निरं’कुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्‍यो भने जनताले पुरस्कृत गर्छन्, राम्रो काम भएन भने जनताले दण्डि’त गर्छन् । यसलाई त हामीले मानेको हो नि !’

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गल’त कार्यवि’रुद्ध प्रति’वाद गर्नुपर्ने पनि उहाँको जोड रहेको छ । निश्चित समयावधिसम्मका लागि निर्वाचित भएर आएको सरकार बीचमै ढा’ल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भा’ग्य हुने पनि उहाँले बताउनुभयो ।

यसैगरी सरकारका राम्रा काम र कम’जोरीको हिसाबकिताब चुनावमा देखिने पनि उहाँले बताउनुभएको छ । तर, बीचमै सरकार ढा’ल्ने, जनतामा निरा’शा फैलाउने र अस्त’व्यस्त सिर्जना गर्ने प्रयास भए राम्रो नहुने उहाँले चेता’वनी दिनुभयो ।

पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचा’तानीले कामै गर्न नस’किने वातावरण सिर्जना भएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । उहाँका अुनसार स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिन्छ ।

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया