शुक्रबार २२ मंसिर २०८०

नयाँ बर्ष २०७८ शुरु भएको छ । यो वर्ष ग्रह तथा नक्षत्र अनुसार कुन रा’शि लाई कस्तो प्रभाव पर्नेछ भनेर यहाँ प्रस्तुत गरिएको छ । यो वर्ष शनिदेवको गोचर मकर रा’शिमा, राहु बृष रा’शिमा, केतु बृश्चिक रा’शिमा, देव गुरु बृहस्पती कुम्भ रा’शिमा स्थानान्तरण हुनेछन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाईका लागि मुख्य ग्रहहरु यो वर्ष शनि दशम भावमा, राहु द्धितीय भाव, केतु अष्टम भाव र बृहस्पती लाभ स्थानमा गोचर गर्नेछन् । यो वर्ष तपाईको आर्थीक जीवन सकारात्मक रहनेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ ।

बिदेशसँग सम्बन्धित तथा आयात निर्यातसँग सम्बन्धित कारोबारबाट उच्च मुनाफा आर्जन हुनेछ । नोकरीमा प्रवेश गर्न चाहनेहरुका लागि शुभ संकेत हुनेछ । तर तपाईले सोचे भन्दा बढि मेहेनत भने गर्नू आवश्यक छ । यो वर्ष तपाईको पारिवारिक अवस्था मिश्रित हुनेछ । आफ्नो जीवन साथी सँग समय समयमा ग’म्भिर विवा’द पर्न सक्नेछ । बुबा आमाको स्वास्थ्यमा सम’स्याका कारण पनि घरपरिवारमा समस्या’हरु आउन सक्नेछन् ।

यो वर्ष तपाईको प्रेम सम्बन्ध भने सुमधुर रहनेछ। प्रेम विवाहमा परिणत हुन सक्नेछ । तपाईले यो वर्ष तपाईलाई सोचे जस्तै प्रेमीसँग भेट हुने अवसर जुट्नेछ । बिद्यार्थीका लागि यो वर्ष उत्तम रहनेछ । अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुका लागि सफलता प्राप्त हुनेछ । मेष रा’शिका जातक ले यो वर्ष अझ फलदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ ।

राशी स्वामी मंगलको मुँगा विधीपूर्वक धारण गर्नु ।
– मंगलबारका दिन हुनमान चालीसा पाठ गर्नु वा श्रवण गर्नु ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

यो वर्ष मुख्य ग्रहहरु राहु शिरमा, केतु सप्तम भावमा, शनि भाग्य स्थानमा र बृहस्पती अप्रील सम्म नवम भावमा र त्यसपछि दशम भावमा गोचर गर्नेछन् । यो वर्ष तपाईको आर्थीक अवस्था मिश्रित रहनेछ । आफुले तिर्नु पर्ने दायित्व बढ्ने तर आफ्नो उठनु पर्ने रकम नउठ्नाले चि न्ता बढ्न सक्नेछ ।

व्यापार व्यावसायमा संलग्नहरुले सहि योजनाका साथ बढि परिश्रम गर्नु आवश्यक छ । बिद्यार्थीहरुका लागि यो वर्ष मिश्रित रहनेछ । पढाईमा बा’धा व्या’वधानहरु आउने सम्भावना देखिन्छ । चुनौ’तीपूर्ण अवस्थामा पनि तपाईले सुझ बुझका साथ अध्ययन कार्य लाई सफल बनाउन लागि रहनु आवश्यक छ ।

यो वर्ष तपाईको पारिवारिक सम्बन्ध सकारात्मक हुनेछ । परिवारमा मांगलिक कार्यहरुको आयोजना हुनेछ । परिवारका सदस्यबीच एकआपसमा सद्भाव, सहयोग आदान प्रदान हुनेछ । बैवाहिक सम्बन्ध सुमधुर रहनेछ ।

सानातिना मत’भेद देखिए पनि त्यसले ठुलो सम स्या ल्याउने छैन । यो वर्ष तपाईको प्रेम जीवन सफल रहनेछ । हरेक सुख दुखमा प्रेमी बाट भरपुर साथ र सहयोग हुनेछ । वृष राशिका जातक ले यो वर्ष अझ फलदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ । घरपरीवार एवं समाजमा स्त्री जाती लाई सम्मान पूर्वक व्यवहार गर्नु तथा आमा, पत्नी एवं छोरी लाई खुशी राख्नु शुभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वर्षको शुरुवातमा आर्थिक अवस्थामा महत्वपूर्ण सुधार हुनेछ । तर बर्षको मध्यभाग तिर धन हा’नी हुने सम्भावना देखिन्छ । विशेष गरी लेनदेनमा विशेष साव’धानी अपनाउनुहोला । व्यापारी हरुका लागि सकारात्मक समय रहनेछ । बेला बेला उतार चढाव देखिए पनि व्यापार व्यावसाय प्रतिफलयुक्त नै रहनेछ ।

तपाई लाई अप्ठ्या’रो पर्दा परिवारका सदस्यबाट सहयोग हुनेछ । बिबाहित व्यक्तिहरुका लागि हेर्दा पति पत्नी बीच जिद्धि’पनका कारण तना’व उत्पन्न सक्नेछ । संय’म रहनुहोला । सन्तान बाट भने सुख प्राप्त हुनेछ ।

बिद्यार्थीहरुका लागि यो वर्ष सामान्य रहनेछ । आफुले चाहे जस्तो सफलता प्राप्त गर्न लक्ष्य निर्धारण गरी निरन्तर प्रयास गर्नु आवश्यक देखिन्छ । यो वर्ष तपाईका लागि प्रेम जीवन सामान्य रहनेछ । मिथुन राशिका जातकले यो वर्ष अझ फलदायी बनाउन निम्न उपायहरु गर्नु शुभ हुनेछ ।

बुधबार का दिन सुगा, परेवा लगायत पन्क्षीलाई अन्न खुवाउनु ।
– बुध ग्रहको बीज मन्त्र ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः प्रतिदिन १०८ पटक जप गर्नु शुभ हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट राशिका लागि समग्रमा यो वर्ष उत्तम रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु राहु लाभ स्थानमा, केतु पञ्चम भावमा, शनि सप्तम भावमा र बृहस्पती अप्रीलसम्म सप्तम र त्यसपछि अष्टम भावमा स्थानान्तरण हुनेछन् ।

यो वर्ष तपाईलाई नोकरी तथा पेशा मा उच्च सफलता हुनेछ । नोकरीमा सरुवा तथा बढुवाको योग छ । तलब देखि बाहेक गु’प्त रुपमा समेत धन आगमन हुनेछ । व्यापार व्यावसायमा विस्तार हुनेछ ।

समय समयमा अचा’नक धनलाभका अवसरहरु वर्ष भरी नै आईरहनेछन् । यो वर्ष तपाईको पारिवारिक सम्बन्ध मिश्रित रहनेछ । कतिपय विषयमा मत’भेद देखिन सक्नेछ तर पनि कुनै पनि महत्वपूर्ण निर्णय लिनु अगाडि परिवार सँग सल्लाह गर्नु उत्तम हुनेछ ।

तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुने र सोचे जस्तै सफलता हासिल गर्न सकिनेछ । यदि तपाई कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने यो वर्ष तपाईका लागि उत्तम साबित हुनेछ । यो वर्ष तपाईको स्वास्थ्य समग्रमा सबल रहनेछ । कर्कट राशिका जातक ले यो वर्ष अझ फलदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ ।

– सोमबार भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका लागि समग्रमा यो वर्ष मिश्रित रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु राहु कर्म स्थानमा, केतु सुख स्थानमा, शनि छैठौं भावमा, बृहस्पती अप्रीलसम्म छैठौं भाव र त्यसपछि सप्तम भावमा गोचर गर्नेछन् । यो वर्ष तपाईले नोकरी मा विभिन्न उतारचढावको सामना गर्नु पर्नेछ । विरो’धीले तपाई का विरु’द्ध गम्भिर आ’रोप लगाउन सक्नेछन् । सचेत भएर कार्यहरु गर्नूहोला । आर्थीक अवस्था पनि तपाईको मिश्रित नै रहनेछ ।

अचानक खर्चको मात्रा बढ्नाले खर्च धान्न मुस्किल पर्न सक्नेछ । आर्थिक बो’झ निरन्तर बढ्ने देखिन्छ । यो वर्ष तपाईको पारिवारिक जीवन प्रति’कुल रहन सक्छ । विशेष गरी कुटुम्ब पक्षसँग विवाद भएर तना व बढ्न सक्छ । सन्तानको स्वास्थ्यमा बेला बेला सम’स्या देखिन सक्नेछ । यो वर्ष प्रेम सम्बन्ध सामान्य रहनेछ । प्रेमी बाट केही रु’खो व्यवहार देखिन सक्छ । यदि तपाई सिंगल हुनुहुन्छ भने कोही प्रभावशाली व्यक्ति सँग भेट भएर प्रेम स्थापित हुन सक्नेछ ।

विद्यार्थीका लागि लागि यो वर्ष सफल रहनेछ । तपाईको परिश्रम अनुसार सोचे जस्तै अंक हासिल हुनेछ । आफुले चाहे जस्तो विषय अध्ययन गर्न पाईनेछ । यो वर्ष आफ्नो राम्रो स्वास्थ्यका लागि आहार बिहारमा उचित ध्यान दिनु आवश्यक छ । राशी स्वामी सुर्यको रत्न माणीक विधी पूर्वक धारण गर्नु ।

– आफ्नो पिताको सेवा र सम्मान गर्नु शुभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका लागि यो वर्ष सफल रहनेछ । तपाईका लागि मूख्य ग्रहहरु यो वर्ष राहु भाग्य स्थानमा, केतु चतुर्थ भावमा, शनी पञ्चम भावमा र बृहस्पती अप्रील सम्म पञ्चम भावमा त्यसपछि छैठौँ भावमा गोचर गर्नेछन् ।

नोकरी मा स्थान परिवर्तन हुन सक्नेछ । व्यावसाय नयाँ ठाउँमा विस्तार गर्ने अवसर आउनेछ । यो वर्ष तपाईको आर्थिक अवस्था मिश्रित हुनेछ । कुनै नयाँ क्षेत्रमा लगानी गर्नु अघि राम्रो सुझबुझ देखाउनु उत्तम हुनेछ । अन्यथा लगानी फ’स्न सक्छ ।

कतिपय विषयमा घरपरिवारको साथ र सहयोग नहुँदा मन खि’न्न हुन सक्छ । बाल बच्चाको स्वास्थ्यमा स’मस्या देखिन सक्नेछ । बिद्यार्थीले पढाईमा सुधार गर्न बढि मेहेनत गर्नु आवश्यक देखिन्छ । तर तपाईको मेहेनत अनुसार सफलता भने हात लाग्नेछ । यो वर्ष तपाईको प्रेम सम्बन्ध सुमधुर रहनेछ । राम्रो गुणस्तरको पन्ना रत्न बिधी पूर्वक धारण गर्नु शुभ हुनेछ ।

– हरेक शुक्रबार दुर्गा चालीसा पाठ एवं श्रवण गर्नु शुभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका लागि यो वर्ष प्रभावशाली रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु राहु अष्टम भावमा, केतु धन स्थानमा, शनि चतुर्थ भावमा, बृहस्पती अप्रिल सम्म चतुर्थ र त्यसपछि पञ्चम भावमा गोचर गर्नेछन् ।

व्यापार व्यावसायका लागि अनुकुल वातावरण प्राप्त हुनेछ । कुनै गुप्त श्रोत बाट धन लाभ हुने योग छ । तपाईको धन धार्मीक तथा सामाजिक कार्यमा समेत खर्च हुन सक्नेछ । पेशा व्यावसायमा जिवन साथीसँगको सहकार्य महत्वपूर्ण साबित हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । सन्तानको उज्वल भविष्का लागि कुनै नयाँ कार्यको शुरुवात हुन सक्नेछ ।

प्रेमी बाट हरपल साथ मिल्नेछ। प्रेम बिवाहमा परिणत हुन सक्नेछ । स्वास्थ्यको दृष्टिबाट हेर्दा यो वर्ष बिभिन्न सम’स्या आउन सक्नेछन् । विशेष गरी पेट, मुख तथा नशा सम्बन्धि स’मस्या बढ्न सक्नेछ । तुला राशिका जातक ले यो वर्ष अझ फलदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ ।

– राशि स्वामी शुक्रको रत्न हिरा वा ओपल बिधीपुर्वक धारण गर्नू।
– समय समयमा गौमाताको सेवा गर्नु शुभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बृश्चिक राशिका लागि यो वर्ष मिश्रित फलदायक रहेको छ । तपाईका लागि मुख्य ग्रहहरु केतु शिरमा, राहु सप्तम भावमा, शनी तृतीय भावमा, बृहस्पती अप्रील सम्म तृतीय भावमा र त्यसपछि चतुर्थ भावमा स्थानान्तरण हुनेछन् ।

शिरमा केतु ग्रहको प्रभाव रहने हुनाले तपाईप्रती अरु व्यक्तिको दृष्टिकोण कमजोर बन्न सक्छ । तपाईले गर्ने निर्णय समेत पछि गएर अस’फल हुन सक्छन् । त्यसकारण कुनै महत्वपूर्ण निर्णय लिनु अगाडि ग’म्भिर रुपमा बिचार मन्थन गर्न उत्तम हुनेछ अन्यथा धो’का हुन सक्नेछ । कार्य क्षेत्रमा बढि परिश्रम गर्नु पर्नेछ । अनि मात्र सफलता मिल्न सक्छ ।

आर्थीक अवस्था सबल रहनेछ । खर्चको मात्रा बढे पनि आम्दानीका स्रोतहरु पनि देखा परिरहनेछन् । यो वर्ष पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । जीवन साथी बाट आत्मीक सहयोग प्राप्त हुनाले मनमा खुशीको सञ्चार हुनेछ । बालबच्चा सँग रमाउन पाउने योग छ । यो वर्ष तपाईको प्रेम सम्बन्ध मिश्रित रहनेछ । एक अर्का विच अवि’श्वास बढ्न सक्छ । जिम्मेवार भएर आफ्नो प्रेमीको भावना पनि बुझ्नु शुभ हुनेछ ।

साना तिना सम’स्या देखिए पनि ठुलो सम स्या भने हुने छैन । बृश्चिक राशिका जातक ले यो वर्ष अझ फलदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ ।

– तामाको लोटीमा पानी भरेर प्रतिदिन सुर्य भगवान लाई जल चढाउनु ।
– कुनै महत्वपूर्ण कार्यमा निस्कनु अगाडी निधारमा केशरी को टिका लगानु शुभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समग्रमा धनु राशिका लागि यो वर्ष उत्तम रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु शनी धन स्थानमा, राहु छैठौं भावमा, केतु बाह्रौं भावमा, बृहस्पती अप्रील सम्म द्धितीय भाव र त्यसपछि तृतीय भावमा स्थानान्तरण हुनेछन् ।

यो वर्ष तपाईलाई नोकरी तथा पेशा मा राम्रो सफलता मिल्नेछ । सहकर्मी एवं उच्च पदस्थ व्यक्तिको साथ र सहयोग ले कतीपय चुनौतीपूर्ण कार्यलाई पनि व्यवस्थापन गर्न सक्नुहुनेछ । व्यापार व्यावसायमा तपाई लाई ठुलो सफलता मिल्नेछ । अचानक आम्दानी बढ्नेछ । यो वर्ष तपाईको पारिवारिक सुखमा वृद्धि हुनेछ । आफु भन्दा साना भाईबहिनी बाट तपाईलाई महत्वपूर्ण अवसरमा साथ र सहयोग हुनेछ । पतीपत्नी बीचको सम्बन्ध पनि सुमधुर रहनेछ ।

बिद्यार्थीका लागि यो वर्ष सफल वर्षको रुपमा रहनेछ । आफ्नो परिश्रम अनुसार उच्च अंक प्राप्त गर्न ग्रहले साथ दिनेछ । पढाईका लागि बिदेश जाने सोचमा हुनुहुन्छ भने तपाईको सपना पुरा हुनेछ । यो वर्ष तपाईको प्रेम सम्बन्ध सकारात्मक रहनेछ । आफ्नो प्रेमी सँग बेला बेला रमाईला ठाउँमा गएर रमाईलो गर्ने अवसर जुट्ने देखिन्छ । यो वर्ष तपाईको स्वास्थ्य अवस्था सकारात्मक रहनेछ ।

– राम्रो गुणस्तरको पुष्पराज रत्न विधि पूर्वक धारण गर्नु ।
– तिन मुखी रुद्राक्ष विधी पूर्वक धारण गर्नु । बिहीबारका दिन गरिब दुखीलाई खाने तेल दान गर्नु शुभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिका लागि यो वर्ष उत्तम फलदायक रहेको छ । यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु शनि शिरमा, राहु पञ्चम भावमा, केतु लाभ स्थानमा र बृहस्पती अप्रलि सम्म शिरमा र त्यसपछि धन स्थानमा गोचर गर्नेछन् । यो वर्ष तपाईको मेहेनत र योजना अनुसार पेशा व्यावसायमा फड्को मा’र्न सक्नुहुनेछ ।

कर्मचारी वर्ग लाई बिशेष जिम्मेवारीका साथ सेवा सुविधामा वृद्धि हुनेछ । व्यापार व्यावसायमा सम्लग्नहरुले उच्च प्रगती गर्ने योग छ । आर्थीक अवस्था वर्षको शूरुवातमा भने केहि मन्दि हुन सक्छ तर अप्रील महिना देखि सबल भएर जानेछ । यो वर्ष पारिवारिक जिवन मिश्रित रहनेछ । आमाको स्वास्थ्यमा समस्या देखिनाले चि’न्ता बढ्न सक्छ ।

केही समय रमाईलो गर्न कुनै नयाँ ठाउँमा जानु उत्तम हुनेछ । यो वर्ष तपाईको प्रेम सम्बन्ध सुमधुर रहनेछ । प्रमी बाट उपाहार प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । विद्यार्थीले यो वर्ष आफ्नो पढाईमा उच्च अंक प्राप्त गर्न ग्रहले साथ दिनेछ । तपाईका चाहाना हरु पुरा हुनेछन् ।

मकर राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ ।
– राशि स्वामी शनी को रत्न बिधी पुर्वक धारण गर्नु ।
– बेला बेलाम रक्त दान गर्नु शुभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि यो वर्ष मिश्रित फलदायक रहेको छ । तपाईका लागि मुख्य ग्रहहरु शनी व्य’य भावमा, राहु चतुर्थ भावमा, केतु दशम भावमा, बृहस्पती अप्रील सम्म व्य’य भावमा र त्यसपछि शिरमा गोचर गर्नेछन् ।

यो वर्ष पेशा व्यावसायमा बिभिन्न किसीमका उतारचढाबहरु व्यहोर्नु पर्ने देखिन्छ । नोकरीमा सफलता प्राप्तीमा बा’धा हुनेछ । कार्यरत हरुका लागि पनि सन्तोषजनका वर्ष देखिंदैन । आफुले जिम्मेवारी बढि बहन गर्नु पर्ने तर सेवा सुबिधा भने भने जस्तो प्राप्त नहुने देखिन्छ ।

व्यापार व्यवासायमा संलग्नहरुले लागत खर्च तथा व्यवस्थापन खर्च बढि गर्नु पर्ने देखिन्छ । अचा’नक खर्च वृद्धि हुनेछ । यो वर्ष पारिवारिक सुख भने उत्तम रहनेछ । घरपरिवार बाट अ’प्ठ्यारो अवस्थामा साथ, सहयोग र हौसला प्राप्त हुनेछ । जिवनसाथी बाट उचित स्नेह र माया प्राप्त हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ ।

तपाइले यो वर्ष आफुले साचे जस्तै साथी सँग सम्बन्ध जोड्ने अवसर पाउनु हुनेछ । यो वर्ष तपाईको स्वास्थ्य अवस्थामा सम स्या देखिन सक्छ । विशेष गरी जोर्नी तथा नशा सम्बन्धि सम स्या, एसीडीटी बढ्ने सम’स्याले सता’उन सक्नेछ । आफ्नो आहार बिहार मा उचित ध्यान दिनुहोला । कुम्भ राशिका जातक ले यो वर्ष अझ फदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ ।

– चार मुखे वा सात मुखे रुद्राक्ष विधी पूर्वक धारण गर्नु ।
– शनीबारका दिन बृद्ध हरुको सेवा गर्नु तथा भोजन गराउनु शुभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तपाईका लागि मुख्य ग्रहहरु शनि लाभ स्थानमा, राहु तृतीय भावमा, केतु भाग्य स्थानमा, राशी स्वामी बृहस्पती अप्रीलसम्म लाभस्थानमा र त्यसपछि व्यय भावमा गोचर गर्नेछन् । नोकरी मा प्रवेश गर्न चाहनेहरुका लागि यो वर्ष भाग्यले साथ दिनेछ । कार्यरतहरुलाई पनि नयाँ उचाईमा पुगेर क्षमता बिकास गर्ने अवसर जुट्नेछ । व्यापार व्यावसायमा बिस्तार हुनेछ ।

यो वर्ष तपाईको पारिवारिक जीवन सकारात्मक रहनेछ । परिवारमा खुशीको माहौल बन्नेछ । एक अर्काको उन्नती र प्रगतीमा रमाउने अवसर जुट्नेछ । पतीपत्नी बीचको सम्बन्ध यो वर्ष यादगार रहनेछ । दिनदिनै माया र प्रेम बढ्दै जानेछ । सन्ताको पढाईमा अभिभावक ले केहि बढि ध्यान दिनु परिवारका लागि थप उपलब्धि हुनेछ ।

बिद्यार्थीको पढाई देखी बाहेक का गतिबिधीमा मन गएर अध्ययन कार्य कमजोर हुन सक्नेछ । यो वर्ष प्रेमीप्रेमीका हरुका लागि सुखद वर्ष रहनेछ । यो वर्ष तपाईको स्वास्थ्य अवस्था पनि मजबुत रहनेछ । मिन राशिका जातक ले यो वर्ष अझ फलदायी बनाउन निम्न उपाय हरु गर्नु शुभ हुनेछ ।

– कुनै पनि महत्वपूर्ण कार्यमा बाहिर निस्कदा पहेंलो रंगको रुमाल बोक्नु ।
– बेला बेला आफ्ना गुरु एवं माता पिताको सेवा र सम्मान मा समय दिनु शुभ हुनेछ ।

११३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया