सोमबार ०९ जेठ २०७९

काठमाडौँ/ प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा बस्न लागिएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने प्रचण्ड स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार फोन गरेर शनिवार बिहान बालुवाटारमा भेटौं भनेको तर प्रचण्डले आफू बालुवाटार नआउने, सिंहरदबार भए आउने भन्ने जवाफ दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

संसद्को हिउँदे अधिवेशन, को’भिड–१९ महामा’रीको दोस्रो लह’रले सिर्जना गरेको स’मस्या लगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागिएको हो ।

२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया