बुधबार ०३ कार्तिक २०७८

विरेन्द्रनगर(सुर्खेत)/ ‘माधव–प्रचण्ड समूहको मान्छे हूँ, अनि एमालेलाई कसरी भोट दिनु ?’– फ्लोर क्र’स गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिनुभएका कर्णाली प्रदेशका सांसद् अम्मरबहादुर थापाले प्रति’प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘हाम्रो नेता माधव नेपाललाई एमालेले कार’वाही गरेको छ । त्यो एमालेलाई हामीले ध्व’स्त पार्ने हो । म एमाले भन्नेलाई मान्दिन, प्रचण्ड र माधव नेपालको समूहलाई मान्छु । त्यसैले एमालेलाई ध्व’स्त पार्न फ्लोर क्र’स गरेको हूँ ।’

‘पार्टीमा माथिसम्मै वि’वाद छ, अनि हामी पार्टी विप’रित जान किन नपाउने ?’– उहाँले अर्काे प्रश्न गर्नुभयो । शुक्रबार कर्णाली प्रदेश सभाको बैठक सुरु हुन अघिसम्म ‘हामी ढुक्क भएर एमालेलाई नै मतदान गर्छौं’ भनिरहनुभएका थापाले फ्लोर क्र’स गरेपछि भन्नुभयो– ‘हामी एमालेलाई मान्दैनौं ।’ थापा सहित चारजना सांसद्ले फ्लोर क्र’श गरेपछि कर्णालीमा माओवादीका महेन्द्रबहादुर शाहीको सरकार जोगिएको हो ।

‘म माधव गु’टको मान्छे हो, हामी एमालेलाई ध्व’स्त पार्न चाहन्छौं’– अम्मरले भन्नुभयो । ‘हाम्रो नेता माधव नेपाललाई एमालेले का’रबाही गरेको छ । हामीले एमालेलाई किन मान्ने ? जबसम्म एमालेमा रहन्छौं, एमालेलाई यसरी नै ध्व’स्त पारिरहन्छौं’– उहाँले भन्नुभयो ।

एमालेले कार’बाही गर्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूहरुले फ्लोर क्र’स गरेको उहाँले खुलाउनुभयो । उहाँले भन्नुभयो– ‘विचार जता हो त्यतै भोट हालियो, कार’वाही हुन्छ भने भो’ग्न तयार छौं ।’

उहाँले थप्नुभयो– ‘हाम्रो उद्देश्य एमालेलाई ध्व’स्त पार्ने हो । हामी माधव गु’टका सबैजना मिलेर एमाले भन्ने नसि’ध्याई छाड्दैनौं । हामी विगतको नेकपालाई मान्छौं । विगत नेकपाको तर्फबाट माधव नेपालले जे भन्नुभयो हामीले त्यही गरेका हौं ।’ (सनराईज खबर’बाट)

२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया