शनिबार ११ चैत्र २०७९

सुर्खेत/ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वा’सको मत पाएसँगै मुख्यमन्त्री पद जाेगि’एकाे छ ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले २२ मत पक्षमा पाएको घो’षणा गरेसँगै महेन्द्र शाहीको धरा’पमा रहेको मुख्यमन्त्री पद जोगि’एको छ । संसदमा ३९ मध्ये ३७ जना सांसद उपस्थित रहेका थिए । विप’क्षमा जम्मा १५ मत परेको छ।

प्रदेश सरकारमा माओवादीका १२, कांग्रेसका ६, एमालेका २० र राप्रपाबाट १ जना रहेका छन् । शुक्रबार संसदमा एमालेका ४ सांसदहरुले मुख्यमन्त्री शाहीलाई सहयोग गरेसँगै शाहीको पद जोगि’एको हो ।

कर्णाली प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वा’ला देवकोटा, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रहादुर शाहीको पद धरा’प हुन’बाट जोगा’इदिएका हुन् ।

पार्टीका संसदीय दलको ह्वी’प उल्लं’घन गर्दै उनीहरुले शाहीको पद ध’राप हुन’बाट जोगा’एका हुन् । शाहीलाई पक्ष’मा मतदान गर्ने चारै जना माधव नेपाल पक्षीय सांसद हुन् ।

१५ जना ओली समूहले शाहीको विप’क्षमा मत दिएका छन् भने राप्रपाकी ए’क्ली सांसद सोशिला शाहीले भने त’टस्थ बस्ने नि’र्णय लिइन् ।

शाही नेतृत्वको सरकारमा ज्वा’ला र बुढा मन्त्री रहेका थिए । ज्वाला आर्थिक मा’मिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

६५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया