आइतबार ०७ आश्विन २०८०

जुम्ला/ अज्ञा’त रो’गले जुम्लाका विद्यार्थी धमाधम बिरा’मी परेका छन् । वायु प्रदू’षण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभा’वित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरा’मी परेका हुन् ।

विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बि’रामी पर्न थालेपछि विद्यालय अहिले ब’न्द गरिएको छ । उनीहरुमा टा’उको दु’ख्ने, ज्व’रो आउने र पेट दु’ख्ने ल’क्षण देखिएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “अज्ञा’त रो’गले विद्यार्थी थ’ला परेका छन् । परीक्षा प्रभा’वित बनेको छ । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अ’चेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरा’मी पर्न थालेका छन् ।”

विद्यार्थी बिरा’मी पर्न थालेपछि पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले बताउनुभयो । बिरामी विद्यार्थीलाई विद्यालय प्रवे’शमा रो’क लगाइएको छ । विद्यार्थी बिरा’मी भएपछि गाउँ नै त्रसि’त अवस्थामा छ । समयमै रो’गको पहिचान र निदान नभए गाउँ नै सङ्क्र’मण हुने ड’र देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले बताउनुभयो ।

“गाउँले अहिले निकै डराए’का छन्, अ’ज्ञात रो’गले तीव्ररूपमा गाउँ नै थ’ला पार्न थालेको छ”, वडाध्यक्ष रावलले भन्नुभयो, “तत्काल बिरा’मीको पहिचान गरेर उप’चार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदू’षणले पनि यो सम’स्या खडा गरेको छ ।” लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य सम’स्या देखिन थालेको स्थानीयवासी बताउँछन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईँका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औ’षधि र स्वास्थ्य’कर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक चौलागाईँले बताउनुभयो । रो’गले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाकाले बताउनुभयो । गाउँमा डेढ सय बालबालिकाको स्वा’स्थ्य परीक्षण भएको छ । मौसमी रुघाखोकी फैलिँदा बालबालिका बि’रामी परेको भन्ने बुझिएको छ । आवश्यक औ’षधि उपलब्ध गराई उप’चार गरेको प्रमुख सापकोटाले बताउनुभयो ।

चन्दननाथ नगरपालिका–४ का स्थानीयवासी अप्सरा न्यौपानेले भन्नुभयो, “मेरो बच्चा पनि अहिले बिरा’मी छ, विद्यालयबाट बि’रामी भएर आयो । बच्चाको स्वास्थ्य जाँच चिकित्सकले सामान्य रुघा’खोकी हो भन्नुभएको छ, मेरो छिमेकीका बच्चा अहिले एक-दुई गरेर बिरा’मी परेका छन् ।”

विद्यालयमा राम्रोसँग स्वास्थ्य’का मापदण्ड लागू नहुँदा यस्तो सम’स्या अझै आउने स्थानीयवासी न्यौपानेले बताउनुभयो । वायु प्रदू’षण र अहिले मौसम सुक्खा भएकाले स्वास्थ्यका लागि हानिका’रक रहेको वातावरणविद् बताउँछन् । – रासस

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया