शनिबार २३ मंसिर २०८०

नेपालगन्ज/ दश शिक्षक र पाँच विद्यार्थीलाई को’रोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता ब’न्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वि’पद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको जिल्ला को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा जानकारी गराएको थियो ।

नेपालगन्ज उमपहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले चारवटा सामुदायिक र तीनवटा संस्थागत विद्यालयका १० जना शिक्षक र ५ विद्यार्थीलाई को’रोना पु’ष्टि भएको जानकारी दिए ।

पछिल्लो एक सातामै बाँकेमा ३ सय ६६ जनालाई कोरो’ना पु’ष्टि भएपछि ना’कामा क’डाइ, भीडभा’डमा रो’क, विद्यालय बन्द’को च’र्को दबा’ब परेको थियो । बिहीबार बसेको डीसीसीएमसीको बैठकले अत्याव’श्यक कामबाहेक भारत जान रो’क लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनश’क्ति थप गर्ने, पालिकाहरुमा आइ’सोलेसन सेन्टर सञ्चालन गराउने, मेडि’कल कलेज, कोहलपुरमा कोभि’ड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगा’उनेलाई कार’बाही गर्ने निर्णय गरेको छ ।

नेपालगन्जमा ह्वाइट हाउसमा आइ’सोलेसन सेन्टर सञ्चालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्या’वश्यक कामबाहेक भारत जान रो’क लगाउने बताए । उनले भारतबाट फर्किएका नेपालीका लागि नाकामा हो’ल्डिङ सेन्टर सञ्चालनमा ल्याउने बताए । सीमावर्ती भारतीय बजारमा दैनिक ठूलो संख्यामा नेपालीहरु किनमेल गर्न जाने गर्दछन् । यो खब’र नेपाल समाचारपत्र दैनि’कमा छ ।

५८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया