शुक्रबार २२ मंसिर २०८०

ललितपुर/ ‘यो राम्रो हो कि नराम्रो हो मलाई थाहा छैन । म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो । धेरै समयपछि उहाँको फोन आएको छ । भेटमा तपाईले के भन्न खोज्नुभएको हो, कोन्ज्योसोमको बाटो बनाइदिनुस्, ठूलो काम बन्नेछ भन्नेवाला छु ।’

यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे हो । शुक्रबार ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नवनिर्मित कार्यालय भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री ओलीको फोन आएको र तत्काल जानुपर्ने स्थिति आएको उहाँले बताउनुभएको छ ।

उहाँका अनुसार धेरै समयपछि आएको फोन राम्रो हुनुलाई हो या नराम्रो हुनलाई हो थाहा छैन । तैपनि भेट भने गर्ने प्रचण्डको अभिव्यक्ति रहेको छ ।

नयाँ वर्षको अवसरमा आफू उद्घाटनमा रहँदा फोन आउनु शुभसाइत परेको भन्दै छाटो मन्तव्य दिँदै अध्यक्ष प्रचण्ड बिदा हुनुभएको छ ।

भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया