
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनवार्ता भएको छ । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अ’न्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न भाेलि बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको छ ।
उक्त बैठकमा उपस्थितिका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोनमार्फत उपस्थित हुन निम्तो दिनुभएको समाचार स्रोतले बताएको छ । शुक्रबार ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नवनिर्मित कार्यालय भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री ओलीको फोन
आएको र तत्काल जानुपर्ने स्थिति आएको प्रचण्डले बताउनुभएको थियो ।
साढे दुई मिनेट कार्यक्रमलाई सम्बोधन गरेपछि विदाइ हुनुभएको प्रचण्ड ओलीबीच पुनः टेलिफोनमै कुरा भएको बताइएको छ । साथै, प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि जसरी पनि आउन आग्रह गर्नुभएको बताइएको छ ।
उता, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने शनिवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरेका छन् । उनका अनुसार अध्यक्ष प्रचण्डलगायत नेताहरुसँग प्रधानमन्त्रीले कुरा गर्नुहुनेछ ।