
काठमाडौं/ काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र रहेका विद्यालयहरुमा को’रोना संक्र’मण पुष्टि भएका विद्यालयहरु एक हप्ताका लागि ब’न्द गर्ने निर्णय भएको छ ।
शुक्रबार महानगरपालिको सूचनामार्फत विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीमा को’रोना संक्र’मण पुष्टि भएको विद्यालयहरु एक हप्तासम्मका लागि शिक्षण सिकाइ ब’न्द गर्ने निर्णय गरेको भनिएको छ । यस अवधिभर वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न पनि भनिएको छ ।
साथै, को’रोना संक्र’मण नभएका विद्यालयहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग लगायतका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न महानगरपालिकाको सूचनामा उल्लेख गरेको छ ।