मंगलबार ०२ कार्तिक २०७८

एजेन्सी/ दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

उहाँले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँ यसअघि आन्तरिक मामि’लासम्बन्धी मन्त्री हुनुहुन्थ्यो । सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

शुक्रबार उहाँले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

उहाँको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उहाँलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।

यदि उहाँ संसदीय सुनुवाईबाट अनुमोदन हुनुभएको भने वर्तमान मुन सरकारको उहाँ तेस्रो प्रधानमन्त्री हुनुहुने पनि बताइएको छ ।

वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उहाँले अरु पनि पाँच जना मन्त्रीलाई बर्खा’स्त गरेर अरु नयाँ पाँच जना मन्त्री राख्नुभएको बताइएको छ ।

यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्या’पक मात्रामा फेर’बदल गरेर नयाँ सदस्यहरु राख्नुभएको बताइएको छ ।

१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया