शनिबार ११ चैत्र २०७९

गोर्खा/ नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।

इण्डियन लाहुरे राहूल र स्मिताको सम्बन्ध विच्छेद हुन लागेकोदेखि भएको सम्मका खबरहरुले सामाजिक सञ्जाल तताएपछि यतिबेला भने फेरी उनीहरुको पुनर मिलनले सामाजिक सञ्जाल तताई रहेको छ । आफुले धेरै माया गरेकी श्रीमतीले आफु पल्टनमा हुँदा अर्कैसंग अनैतिक सम्बन्ध गाँसेर घरपरिवार, छोरी अनि स्वयम आफुुलाई नै छाडेर अर्कैसंग गईसकेकी स्मितालाई राहुलले सबै कुराहरुमा क्षमा दिएर फेरी आफ्नो बनाएका छन् ।

राहूलले स्मितासंग पुनर्विबाह गरेको खबरले सोशल मिडियामा उनका प्रशंसहरुले उनी र उनको नयाँ सम्बन्धलाई लिएर धेरै शुभकामनाहरु दिई रहेका छन् । राहूलल र स्मिताको यही आइतबार नै सम्बन्ध विच्छेद भई सकेको थियो । तर सम्बन्ध विच्छेद भई सक्दापनि उनीहरु एकअर्का बिना बस्न नसक्ने भएपछि फेरी एकले अर्कालाई सम्मान गर्दै अब कहिल्यै नछुट्ने बाचा गरेर पुन: एकअर्काको भएका छन् । सम्बन्ध विच्छेदपछि विबाह गरेको हुनाले राहूल र स्मिता विबाह दर्ता गराउन वडा कार्यालय गएका छन् । हेर्नुहोस् भिडियो:-

११०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया