मंगलबार ०९ आश्विन २०८०

एजेन्सी/ चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आ’णविक भ’ट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फाले’को भन्दै यसमा सम्वे’दनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “जापानको आण’विक प्ला’न्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले ग’म्भीर चि’न्ता र अस’न्तुष्टि व्यक्त गरेका छन् ।

चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालि’एको फोहोर पानीको प्रसङ्गमा छलफल भएको प्रवक्ता चाउल बताउनुभयो ।

दुबै पक्षले समुद्रमा आण’विक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएका छन् ।

“चीनका साथै दक्षिण कोरियाले पनि जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श, सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पर्याप्त सहभागितामा आधारित फुकुशिमा आण’विक केन्द्रको फोहोर पानीको मु’द्दालाई विवे’कपूर्ण तरीकाले अघि बढाउन आग्रह गर्दछन्, यो चीन र दक्षिण कोरियाको साझा स्थिति हो,” प्रवक्ता चाउले भन्नुभयोे ।

प्रवक्ता चाउले जापानको आण’विक फोहोर पानी सुरक्षित छ भन्ने दा’वी मात्र एक’पक्षीय डाटामा निर्भर रहेको र यस अनुस’न्धानमा अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघसंस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

८८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया