मंगलबार १६ आश्विन २०८०

एजेन्सी/ जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ ।

तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै र’द्द गर्नुपर्ने सुझाव दिनु भएको छ भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रति’बन्ध लगाउनु पर्ने बताउनु भएको छ ।

एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभि’डको सङ्क्र’मण फैलिने क्रम बढे’काले टोकियो ओलम्पिक र’द्द गर्नुपर्ने बताउनुभयो । टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।

जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा स’मस्या देखिए यसलाई र’द्द गर्नुको विकल्प नरहेको बताउनुभयो । ओलम्पिककै कारण को’भिड सङ्क्र’मण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ रहँदैन, उहाँले भन्नुभयो ।

के खेल पूरै र’द्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भन्नुभयो, “यो सम्भव छ ।” उहाँले अगाडि भन्नुभयो, “जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानका लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौ’ती छ ।”

टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रति’बद्ध रहेका छन् । उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रति’बद्ध रहेको पटकपटक बताउनु भएको जनाएका छन् ।

जापानमा पछिल्लो पटक को’भिड सङ्क्र’मण तिब्र गतिमा फैलिएको छ । बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा एक हजार १०० भन्दा बढी नयाँ रो’गी भेटिएका थिए । यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो ।

जापानमा कोभि’डको सङ्क्र’मणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्या’न गइस’केको छ । जापानमा खोप अभियानको नेतृत्व गरिरहनु भएका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गर्नुभयो । उहाँले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताउनुभयो ।

गत वर्ष पनि कोभि’डको सङ्क्र’मण तिब्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ । दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रति’बन्ध लगाइसकिएको छ । अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् ।

आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए । यो कूल आयको झण्डै तेस्रो ठूलो रकम हो ।
ओलम्पिक आयोजनाको कूल लागत करिब १५।४ अर्ब अमेरिकी डलर रहेको छ ।

१०९० पटक हेरिएको

तपाईको प्रतिक्रिया