
काठमाडौ/ नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि को’रोनाको जोखि’ममा परेका छन् । उनी यतिबेला भारतको हरिद्धारमा महाकुम्भ मेलामा सहभागी हुन पुगेका छन् । मेला सुरु भएपछि भारत पुगेका उनी त्यहाँ विभिन्न ब्यक्तित्वसंग भेटघाटमा ब्यस्त छन् । उनी सहभागी भएको कुम्भ मेलामा हालसम्म १२ सय ७८ जना मानिसहरु को’रोना भाइर’सबाट संक्र’मित बने पछि पूर्वराजा ज्ञानेन्द्र पनि कोरो’नाको जोखि’ममा परेका छन्।
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा ज्ञानेन्द्र शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनलाई स्वागत गरेका थिए । मुख्यमन्त्री योगी आदित्यनाथलाई को’रोना भाइ’रस पुष्टि भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा मुख्यमन्त्री कार्यालयका थुप्रै अधिकारी र कर्मचारी को’रोना पोजे’टिभ भेटिएका छन् । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथले आफूलाई आइ’सोलेट गरेका थिए । तर उनलाई पनि गरिएको परिक्षणमा को’रोना पुष्टि भएको हो ।
हाल सोही मेला को’रोना भाइ’रसको हट’स्पट बनेको देखिएको छ । दुई महिनासम्म चल्ने यो मेलामा अहिले सम्म १२७८ मा को’रोना पुष्टि भइसकेको हो। मेलाका क्रममा भक्तजनहरुले गंगा नदीमा स्नान गरेर पा’प पखाल्ने विश्वास गरिन्छ। मेलामा यसै हप्ताको मंगलबार एकैदिन मात्र ३० लाखले स्नान गरेका थिए।
टाइम्स अफ इन्डियाका अनुसार भीडमा रहेर लाखौंले एकैदिन स्नान गर्न थालेपछि यहाँ को’रोना ती’व्र रुपमा देखिएको छ। समय बाँकी रहेकाले अझै लाखौं मानिसले यहाँ आएर स्नान गर्नेछन् । उसैपनि भारत अहिले को’रोना भाइ’रसको केन्द्र हो।