शुक्रबार २२ मंसिर २०८०

विराटनगर / सामान किन्न गएकी विराटनगरकी एक युवती दुई दिनदेखि बेप’त्ता छिन्। विराटनगर महानगरपालिका–१२ की १४ वर्षीय मञ्जुरी उपाध्याय आइतबार साँझदेखि बेप’त्ता भएकी हुन्।

आइतबार स्कुलबाट फर्किएपछि करिब ४ बजेतिर पूजाको सामान किन्न पसल गएकी छोरी अहि’लेसम्म घर नफर्कि’एको मञ्जुरीकी आमा अमृताले बताइन् । उनी स्टार बोर्डिङ स्कुलमा कक्षा नौमा अध्ययनरत थिइ’न्।

पौने चार बजेतिर पूजाको सामान किन्न नजिकैको पसलमा पठाएकी थिएँ । ५ बज्दा पनि नआ’एपछि म खो’ज्न गएँ, अमृताले भनिन्, पसलमा बुझ्दा सामान किनेको रहेछ । तर, घर आ’इनन्। उनका साथी, आफन्तकहाँ सबैतिर बुझेको तर कहीँ प’त्ता नलागेको उनले बताइन् । बिहानसम्म पनि छोरी घर नफर्कि’एपछि सोमबार बिहानै प्रह’रीमा उजु’री दिएको अमृताले बताइन् ।

बिहानै प्रह’रीमा उ’जुरी दिएका छौँ, तर अहि’लेसम्म छोरी आएकी छैनन्, परिवार सबै चि’न्तामा छौँ, अमृताले भनिन् अप’हरण भएको आ’शंका छ, तर अहिलेसम्म त्यस्तो कुनै फोन आएको छैन।

१५८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया