शनिबार ३० आश्विन २०७८

काठमाडौ/ पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी भाँड’भैलो र अन’मेल अ’न्त्य हुनुपर्ने बताएका छन् । नि’षेध र प्रति’शोधको चक्र’व्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको शाहले बताएका छन् ।

भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै भनेका छन्, ‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु नि’मुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नै’पर्ने हुन्छ ।’

पितापूर्खाहरुले निर्माण गरेको नेपालको साझा फूलबारीलाई सबैले एकतावद्ध भएर जोगाउने पूर्वराजाले बताएका छन् । उनले अब मेची महाकाली र देश बचा’उने हाम्रो पालो आएको बताएका छन् ।

उनले भनेका छन्: “नव बर्ष २०७८ को अवसरमा देश,बिदेशमा रहनु भएका समस्त नेपालीहरुमा सुख,शान्ति तथा समुन्नतिको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । यस नयॉं बर्षमा नयॉं सोंच र नयॉं प्रबिधिले सबै नागरिकको हितमा काम गरोस् । दैविक तथा माटो प्रति’कूल राजनैतिक वि’पत्ति माथि सहज विजय प्राप्त गर्न सकियोस् ।”

२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया