
काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्या’लयहरू कम्तिमा एक महिना ब’न्द गर्न सिफा’रिस गरेको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना ब’न्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिए।
अहिले देखिएको को’रोना भाइर’सको नयाँ भे’रियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रे’क गर्न कम्तीमा ३० दिन विद्यालय ब’न्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
१८ वर्षभन्दा कम उमेरका लागि भ्या’क्सिन नबनेकाले पनि संक्र’मण बढ्न दिन नहुने उनले बताए । स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७/८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबि’लिटी कम हुन्छ ।’
‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँ सं’क्रमण फै’लन सक्ने भएकोले कम गर्न खोजेको हो। अहिलेको नयाँ भाइ’रस एकदम सं’क्रमणशील छ। त्यसैले एकैचोटी धेरै मानिस बिरा’मी भएर अस्प’ताल आए भने उप’चार गर्न सकिँदैन,’ उनले भने।
पछिल्लोसमय को’रोना भार’इसको नयाँ भे’रियन्ट्स फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखि’ममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय ब’न्द गर्न सिफारिस गरेको हो। नयाँ भे’रियन्ट्स एकदम छिटो स’र्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै स’र्ने हुँदा विद्यालय क्षेत्र बढी जोखि’ममा परेको हो। (तस्विर:-फाइ’ल)