
काठमाडौं/ दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत भिसा समा’प्त भएका ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्षका लागि भिसा अवधि थप गर्ने भएको छ । भिसा अवधि समाप्ति चरणमा पुगेका ई–९ र एच–२ भिसाधारी ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्ष भिसाका लागि ‘बोनस’ भिसाका रुपमा थप गरिदिने निर्णय गरिएको छ ।
हाल दक्षिण कोरियामा विभिन्न १६ देशका कामदार कार्यरत रहेका छन् । उनीहरुको भिसा अवधि पटक पटक थप गर्दै चार वर्ष १० महिना पुर्याइएको छ भने पुनः थपेर पाँच वर्ष १० महिना बनाइनेछ ।
को’रोना संक्रम’णका कारण नयाँ कामदार ल्याउन कोरिया अस’मर्थ भएसँगै पूरानै कामदारको भिसा अवधि थप गरेर श्रमिकलाई आफ्नो देशमा राख्ने निर्णय लिएको छ ।
पछिल्लो समय दोस्रो चरणको को’रोना महामा’रीका फैलिएपछि श्रमिक अभा’वलाई पूर्ति गर्न यस्तो निर्णय भएको प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानकारी दिएको छ।
एमटीयूका अनुसार यहाँको सरकारले आप्रवासी श्रमिक को’रोना महामा’रीका कारण स्वदेश फिर्ता हुन कठि’नाइ भएको र नयाँ श्रमिक ल्याउन सम’स्या भए पछि पूरानै श्रमिकको भिसा थप गर्नेगरी का’नुन पारित गरेको हो । उक्त का’नून अप्रिल १३ अर्थात् आज मंगलबारबाट लागू भएको छ।
यो नियम लागू भएसँगै सन् २०२१ को डिसेम्बर ३१ सम्ममा तीन वर्ष वा चार वर्ष १० महिनाको भिसा अवधि समाप्त हुने श्रमिकको भिसा स्वतः एक वर्ष थप हुने एमटीयूले जनाएको छ ।
हाल इपीएस परीक्षामार्फत् कोरियामा १६ देशका १ लाख ७३ हजार ८ सय ४५ जना आप्रवासी श्रमिक कार्यरत रहेको पनि एमटीयूले जनाएको छ ।