
लहान/ व्याप’क अनि’यमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा ताला’बन्दी गरेका छन् ।
नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिले’मतोमा व्या’पक अनिय’मिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकामा ताला’बन्दी गरेका हुन् ।
नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनो’मानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिले’मतोमा व्या’पक अनिय’मितता भएकाले ताला’बन्दी गरिएको वडाध्यक्षले बताएका छन् ।
कल्याणपुर नगरपालिकाका नौ वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिक रुपमा ११ बुँदे माग अघि सार्दै नगर नगरपालिकामा ताला’बन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतको भुक्तानी गर्न नसकेकोले आफूलाई स्थानीयवासीले पटकपटक वडा कार्यालयमा गई विभिन्न किसिमको आ’रोप लगाइने गरेको र आफूहरूलाई वडा कार्यालय सञ्चालन गर्न समेत कठिनाई भइरहेकाले बाध्य भएर तालाब’न्दी गर्नु परेको कल्याणपुर नगरपालिका–१ वडाध्यक्ष जयराम कामतीले बताउनुभयो ।
कार्यबाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलो’मतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजना कमिस’नको खेलमा आसेपा’सेलाई जिम्मा दिई आफू’खुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले बताउनुभयो ।