शुक्रबार १७ चैत्र २०७९

काठमाडौ/ विदेशमा वैदेशिक रोजगारीका लागि गएकाहरु विभिन्न सम’स्यामा पर्ने र उ’द्दार पनि गर्न क’ठिन हुने भएकाले सरकारले अब वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिएको हुनुपर्ने नियम लगाएको छ ।

अब २०७८ वैशाख १ गतेदेखि अभिमुखीकरण तालिम नलिएकाहरुलाई सबै प्रकृया पुरा गरेर विमानस्थल गएका भएपनि त्यहाँबाट फर्काइनेछ । तालिम नलिई वैदशिक रोजगारीमा जान विमानस्थलमा पुगेकाहरुपनि श्रम कक्षबाट नै फर्किनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिर नमिल्ने कामदार अब त्यहाँवाट फर्कनु पर्नेछ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई ब्यवस्थित गराउन यस्तो नियम लगाएको हो । अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । विमानस्थलमा पुगेका कामदारको वायोमेट्रिक हाजिरी नमिले विमानस्थलवाटै फर्कनु पर्नेछ ।

बोर्डका अनुसार अभिमुखीकरण तालिम जम्मा २ दिनको हुनेछ । प्रत्येक सत्र आमनेसामने पद्धतिबाट सञ्चालन हुनेछन् । तालिम प्रतिदिन ६ घण्टा हुने र त्यो तालिम अनिवार्य गराइएको छ । पछिल्लो समयमा अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइएपछि विभागले क’डाई गरेको हो ।

नक्क’ली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट कामदार व’ञ्चित हुने गरेका छन् । त्यसवाहेक विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न क’ठिन हुने गरेको छ ।

३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया