सोमबार ०१ कार्तिक २०७८

दोलखा/ दोलखाको बिगु गाउँपालिका– ४ मा जीप दुर्घ’टना हुँदा ४ जनाकाे मृ’त्यु भएकाे छ । टाटा कम्पनीको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको ‘यो’द्धा’ जी’प दुर्घ’टना भएको दोलखा प्रह’रीले जनाएकाे छ ।
दाेलखाका डिएसपी भेषराज रिजालका अनुसार सिंगटीबाट लादुकतर्फ जान लागेको जीप गएराति साढे १० बजेतिर दुर्घट’नाग्रस्त भएको हो । जीप सड’कबाट करिब डेढ सय मिटर तल ख’सेको जनाइएकाे छ। दुर्घ’टनामा १७ जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा बिगु- ३ घर भएका ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीय चण्डिका थापा रहेकाे प्रह’रीले जनाएकाे छ ।

१७ घाइ’तेमध्ये १० जनालाई राति नै थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीकाे दाेलखा सदरमुकाम चरिकोट तथा काभ्रेकाे धुलिखेल अस्प’तालमा उप’चार भइरहेको जनाइएकाे छ ।

२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया