शुक्रबार २२ मंसिर २०८०

यो समयमा सामाजिक संजालमा सर्बाधिक भाइरल भएको एक आवाज हो मुस्लिम गायक आलिफ खान। उनको आवाजलाई लिएर यो समय फेसबुकदेखि युटुबतिर सर्बाधिक चर्चा छरिएको छ। उनी चर्चामा आएसंगै यो बेला उनको अर्को ठुलो सपना साकार भएको छ।
लोकप्रिय संगीतकार अर्जुन पोख्रेलसंग पहिलो गीत रेकर्ड भएको छ।लामो समय देखिको उनको चाहना पुरा भएको हो।उनी यसअगाडि पनि अन्य गीतबाट चिरपरिचित नभए पनि गीत चाहि बजारमा ल्याएका थिए।कहिल्यै सफलता नपाएको उनको जीवनमा अर्को ठुलो सफलता प्राप्त भएको हो। कमल सरगमको पहलमा उनको पहिलो गीत रेकर्ड गरिएको थियो।

अर्जुन पोख्रेलले उक्त आवाजलाई लिएर निकै खुसि व्यक्त गर्दै भने “अब देशको करोडौ नेपालीको प्रिय गायक बन्नु हुनेछ अलिफ”। आवाजमा देखिएको दम नेपाली लोक दोहोरी/सुगम क्षेत्रका मै हुँ भन्ने कलाकारहरुको भन्दा सुमधुर थियो भने उनी जुनसुकै गीत निकै मिठो शैलिमा गाउन सक्ने व्यक्ति समेत भएर देखाएका छन्।
यो समयमा मिडियाले उनको खोजी गरिरहेको छ। बिगतमा कसैको साथ
र माया नपाएका आलिफ यो बेला दर्शकको माया पाउदा निकै चकित भएका छन भने दर्शकसंग उनको अझ नजिक हुने बाटो बन्न थालेको छ।
हेरौँ आलिफ र अर्जुन खड्कासंग गरिएको यो बिशेष कुराकानी :

६७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया