
काठमाडौं/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’समुहसँग हति’यार हुनसक्ने भएकाले उसमाथि निग’रानी राख्नुपर्ने बताउनु भएको छ ।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘विप्लव’ समुहले हति’यार नबुझाएकाले ख’तरा हुनसक्ने औँल्याउनु भयो ।
यसअघि मुलुकमा सुरक्षा चुनौ’तिका रुपमा विप्लव र सीके राउत भएपनि पछिल्लो समय उनीहरु शान्तिपूर्ण राजनीतिमा आइसकेकाले सुरक्षा चुनौ’तिमा कमी आएको उहाँले स्पष्ट पार्नुभयो । यद्यपि सरकारसँग सम्झौ’ता गरेको ‘विप्लव’ समुहले राज्यलाई हति’यार नबुझाएकाले उसका गतिविधिलाई निग’रानीमै राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विप्लव समूहसँग हति’यार हुनसक्छ । उसले राज्यलाई हति’यार बुझाएको छैन । उक्त समूहलाई निग’रानीमै राख्नुपर्छ।’
मन्त्री थापाले संविधान मान्ने दलबाट पनि सुरक्षा खत’रा हुनसक्ने भन्दै त्यसलाई प्रशासनिक निय’न्त्रणले मात्रै नपुग्ने भएकाले राजनीतिक तवरले पनि हल गर्नुपर्ने आवश्यकता रहेको दावी गर्नुभयो ।
सरकारको नेतृत्वमा रहेको पार्टीहरुबीच पनि पूर्ण रुपमा एकता नभएकाले कुनैपनि बेला सुरक्षा खत’रा उत्प’न्न हुनसक्ने उहाँले बताउनु भयो ।
पछिल्लो समय मुलुकको राजनीतिक अवस्था अत्यन्तै तर’ल रहेकाले त्यही अनुसार सुरक्षा नीति ल्याउन सके मात्रै त्यसको हल हुनसक्ने मन्त्री थापाको भनाइ थियो ।