आइतबार १७ मंसिर २०८०

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई एमालेका नेता कार्यकर्ता नै पार्टीमा नयाँ अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित बनेको दावी गरेका छन्।

एमाले कार्यकर्ताले प्रचण्डमाथि ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगा’मीहरुसँग मिलेर आफूवि’रुद्ध ष’ड्यन्त्र गरेको उनको दावी छ ।नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेकपामा बलियो हुँदै गएपछि ओलीले प्रतिक्रान्ति’कारीहरुसँग मिलेर ष’ड्यन्त्र गरेको आ’रोप लगाए ।

‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो । पार्टीमा हाम्रो यस्तो क’माण्ड देखेपछि ओली अत्ता’लिए । अनि जाल’झेल सुरू गरे’, प्रचण्डले भने ।

उनले ओली सरकारलाई कुनै पनि हालतमा निरन्तरता दिन नहुने भन्दै काँग्रेसले सरकार ढा’ल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे । उनले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई विघ’टनतर्फ पुर्याउने चेता’वनी समेत दिए । एमालेको एउटा पक्षसँग हाम्रो मो’र्चा छँदैछ ।

हाम्रो पुरानो लभ छँदैछ । जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मो’र्चा बन्न सक्छ । काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र विघ’टनतर्फ जान्छन् ।’

३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया