बुधबार २२ मंसिर २०७८

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आत्मा’लोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

नेपाल उत्पी’डित जातीय मु’क्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अ‍ोलीले अझै पनि पार्टीबाट निष्का’शन नगरेको भन्दै आत्मआ’लोचना गरेर आए बिनाभेद’भाव पार्टीमा काम गर्न दिइने बताए ।

कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीलाई ध्व’स्त पार्न खोजेको खण्डमा ठीक पार्ने चेता’वनी दिए ।

‘अहिले पनि पार्टीबाट निष्का’सन गरेका छैनौं । आत्मा’लोचना गरेर फर्किनुस्, पार्टीमा बिनाभेद’भाव काम गर्न दिन्छौं‚ ’ उनले अघि भने, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपरा’धपूर्ण कामको आत्मा’लोचना गर्नुस् ।’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने दोहोर्‍याएका छन् । आफूलाई प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिनसमेत ओलीले चु’नौती दिएका छन् ।

पार्टीको भातृ संगठन उत्पी’डित जातीय मु’क्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटा’उन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’

आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली ह’रुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र एमालेको माधव नेपाल पक्षले साथ दिइरहेको ओलीको भनाइ छ । यस्ता धा’क ध’क्कुसँग आफू नड’राउने समेत प्रधानमन्त्रीले बताए ।

३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया