बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ नेपाली कांग्रेसका सांसद गगन थापाले को’रोना प्रभावले दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अल’पत्र रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य बैठकमा बोल्दै अल’पत्र कामदारको बारेमा सरकारले बे’वास्ता गरेको भन्दै फिलिपिन्सलगायत देशको सरकारले गरेजस्तो गरेको भए कामदारहरु कोरिया गइसकेको हुने उनले बताए ।

उनले भने, ‘दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अल’पत्र छन् । यिनीहरूका बारेमा लगातार सरकारले बे’वास्ता गरेको छ। फिलिपिन्सलगायत देशका सरकारले गरेजस्तो गरेको भए सायद यिनीहरूले कोरिया जान पाइसकेको हुन्थे ।’

वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले पनि रोजगारी गुमा’एको सरकारी तथ्यांकले देखाएको तर, उनीहरु फर्केर जान पाउने वातावरण नबनेको प्रति थापाले अस’न्तुष्ट व्यक्त गरेका छन् ।

उनले भने, ‘जो नेपाल फर्केका छन्, उनीहरू फर्केर जान पाएका छैनन् । यिनीहरूको पुनर्स्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’

इपीएस भाषा परीक्षा उत्तिर्ण गरेर दक्षिण कोरिया जानेहरूका सन्दर्भमा मन्त्रालयले ठोस काम गरेर सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।

६७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया