मंगलबार १६ आश्विन २०८०

खोटाङ/ जिल्ला प्र’हरी कार्यालय खोटाङमा ‘हिरा’सत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ । विभिन्न मु’द्दामा प’क्राउ गरेर अनुसन्धान गर्न हिरा’सतमा राखिने थुनु’वालाई अध्ययनमा संलग्न गराउँदै उनीहरुको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान शुरु गरिएको हो ।

भर्खरै स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक सङ्कलन हुने क्रम जारी रहेको जिल्ला प्र’हरी कार्यालय खोटाङका प्रमुख प्रह’री नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । पुस्तकालयका लागि जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले १४, जिल्ला प्रशासन कार्यालय खोटाङले नौ, बिन्दु अधिकारी ढकालले तीन, प्र’हरी निरीक्षक सागर साहले सात र प्र’हरी सहायक निरीक्षक हरिकुमार पौडेलले दुई थान पुस्तक प्रदान गरिसक्नुभएको छ ।

प्रह’री कार्यालयको हिरा’सत अगाडि स्थापना गरिएको पुस्तकालयलाई सहयोग स्वरुप गत शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त भएको प्रवक्ता एवं प्रह’री निरीक्षक सागर साहले जानकारी दिनुभयो । प्रवक्ता साहका अनुसार पुस्तकालयका लागि हलेसी खबर डटकमका सम्पादक हरिबोल आचार्यले रु पाँच हजार मूल्य बराबरको १९ थान तथा अधिवक्ता ओमप्रकाश घिमिरेले १२ थान पुस्तक प्रदान गर्नुभएको छ ।

“शिक्षा अभा’वकै कारण अधिकांश मानिसले आप’राधिक क्रियाकलाप गरेको पाइन्छ”, पत्रकार आचार्यले भन्नुभयो, “आप’राधिक क्रियाकलापमा संलग्न भएर प’क्राउ परेका पनि हिरा’सतमा रहेको समयमा पुस्तक अध्ययन गरेर सचेत बनुन भन्ने उद्देश्यले पुस्तकालयका लागि ज्ञानवद्र्धक पुस्तक सहयोग गरिएको हो ।”

प्रह’री कार्यालयमा स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउन जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति तथा सङ्घसंस्थासमेतले तयारी गरिरहेको छ । हिरासतमा बसेर खाली समय बिताइरहेका थुनु’वालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरुको मानसि’कतामा सकरात्मक परिवर्तन ल्याउन पुस्तकालयको अवधारणा अघि सारिएको प्र. ना. उ. चिमरियाले बताउनुभयो । “प्रह’री कार्यालयमा पुस्तकालय स्थापनाका लागि केन्द्रबाट छुट्टै बजेट त आएको छैन”, उहाँले भन्नुभयो, “तर, हिरा’सतमा बसेका थुनु’वालाई समय कटाउने व्यवस्था तथा आप’राधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नु’पर्ने स’जाय लगायत कानूनी प्रावधानहरुको विषयमा जानकारी दिने उद्देश्यले दाताकै सहयोगमा पुस्तकालय स्थापना अभियान शुरु गरिएको हो ।”

जो सुकैले आफूले अध्ययन गरिसकेका पुस्तक वा नयाँ पुस्तक उपलब्ध गराएर प्रह’रीको सो पुस्तकालय स्थापना गर्ने अभियानमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ । पुस्तक उपलब्ध गराउने व्यक्तिको नाम, ठेगाना र मिति उल्लेख गरेर दर्ता गर्ने व्यवस्था मिलाइएको प्र’हरी निरीक्षक साहले बताउनुभयो ।

यस्तै, पुस्तक अध्ययन गर्न चाहने थुनु’वाको नाम, मु’द्दाको प्रकृति, पुस्तक लगेको मिति, फिर्ता गरेको मिति उल्लेखीत रेकर्ड राख्ने व्यवस्था गरिएको प्रह’रीले जनाएको छ । हिरा’सतमा पुस्तक अध्ययन गर्ने बानी परेका व्यक्ति हिरास’तमुक्त भएपछिसमेत अध्ययनमा सहभागी भएको पाइएको प्रह’रीले जनाएको छ । हिरा’सत नजिकै स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधाका कम्तीमा पनि एक हजार पुस्तक जुटाउने लक्ष्य राखिएको प्रह’रीले जनाएको छ । पुस्तकालयमा राजनीतिबाहेक सबै विषयका पुस्तक रहने जनाइएको छ ।

जिल्ला कारा’गार खोटाङमा कैदी’बन्दीका लागिसमेत यसअघि पुस्तकालय स्थापना गरिएको थियो । कारा’गारमा स्थापना गरिएको पुस्तकालयलाई समेत जिल्लावासी तथा विभिन्न सङ्घसंस्थाले निःशुल्क पुस्तक उपलब्ध गराइरहेका छन् । – रासस

१७०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया