
काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।
राईले बुधबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर कार्यभार सम्हालेका हुन् । उनीसँगै आयुक्तद्वय जयबहादुर चन्द र किशोर सिलवालले पनि कार्यभार सम्हालेका छन् ।
राईलाई गत मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेको थियो । बुधबार नै अन्य विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका थिए।