
काठमाडौ / पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला भारत भ्रमणमा छन् । उनी अहिले हरिद्वार महाकुम्भको निम्तो मान्न भारत पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रलाई भारतमा राजाकै हैसियतमा भब्य स्वागत र सम्मान गरिएको छ । विभिन्न धार्मीक स्थलको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र आइतवार हरिद्वार पुगेका छन्।
त्यहाँ उनलाई निरञ्जनी अखडाका सन्तहरुले भव्य स्वागत गरेको भारतीय मिडियाले जनाएका छन्। निरञ्जन पीठाधीश्वार कैलाशानन्द गिरीको निमन्त्रणामा भारत गएका उनले हरिद्वारस्थित दक्षिणकाली मन्दिरमा पूजा अर्चना गरेका छन्।
त्यसलगत्तै ज्ञानेन्द्रले सन्तहरु र महामण्डलेश्वरसँग भेटघाट गरे। उनलाई भारतले दिएको सम्मानको नेपालमा पनि चर्चा भएको छ । नेपालमा पूर्वराजा बनेका ज्ञानेन्द्रलाई राजाकै हैसियतमा भारतले दिएको सम्मानको चर्चा भएको हो ।
पीठाधीश्वर गिरीका अनुसार ज्ञानेन्द्रले भोलि शाही स्नान गर्नेछन्। सोमवार हरिद्वारको अपररोडमा कुनै पनि सवारीसाधन चल्नेछैनन्। सोमवार र त्यसको दुई दिनपछि महाकुम्भमा शाही स्नान चल्नेछ।