बुधबार २२ मंसिर २०७८

काठमाडौं/ राष्ट्रपतिबाट प्रदान गरिएको विभुषणमा पुरानै नक्सा राखिएको भन्दै आलो’चना भएपछि गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । विभुषणमा वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई को’भिड–१९ का कारण वितरण हुन नसकेको विभूषण सुशोभन गरिएको स्पष्ट पारेको छ ।

सुशोभन भएको विभूषणमा अंकित नेपालको नक्साको सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अंकित भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई वि.सं. २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भएपनि को’भिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालैमात्र उक्त सुशोभन भएको मन्त्रालयले विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो ।

नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्सा अंकित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने मन्त्रालयले जनाएको छ ।

२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया