आइतबार १९ मंसिर २०७८

काठमाडौ/ आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय को’रोना भाइ’रसको नयाँ सङ्क्र’मण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आँकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताएका छन् । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उनले दिए ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा को’रोना सङ्क्र’मण उच्च बिन्दुमा पुग्न सक्ने भनेका थिए ।

स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए को’रोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेता’वनीसमेत उनले दिएका थिए । गोरखापत्र दैनिकमा समाचार छ । कोरो’नाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उनले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिए।

४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया