शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ कोरो’नाको दो’स्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ । सिसिएमसीको शनिबारको बैठकले पछिल्लो समय को’भिड सङ्क्र’मणको मात्रा बढेको र नयाँ स्वरूपको भाइ’रस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालका अनुसार बैठकमा पछिल्लो सङ्क्र’मणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको छ ।

यस्तै जिल्लास्थित को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टि’जेन परीक्षण बढाइने भएको छ । कोरो’नाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारे’न्टिनमा राखिनेछ । स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ । बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्र’मण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म ब’न्द गर्ने प्रस्ताव गरेको छ ।

काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगे’टिभ (वेलायतको नयाँ भेरि’यन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्र’मण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभि’ड निय’न्त्रण केन्द्र)हरुले व्यवस्था गर्ने भएका छन् ।

सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडा’इका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि ब’न्द गर्नुपर्ने र संक्रम’णको अवस्था हेरी एउटा स्थानीय तहबाट अर्कोमा निय’न्त्रित आवाग’मन गर्ने निर्णय समेत भएको छ ।

कोरो’ना संक्र’मण उच्च रूपमा बढ्ने देखिएपछि सिसिएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार सबै सरोकारवाला मन्त्रीहरूलाई बोलाएर सिंहदरबारमा छलफल गरेका हुन्। बैठकमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल लगायत मन्त्रीहरू सहभागी भई छलफल गरेका हुन्।

‘हामीले आफ्नो तर्फबाट नेपाललगायत छिमेकी देशसहित अन्य देशमा भइरहेको को’रोना संक्र’मणको अवस्था कस्तो छ? कसरी नियन्त्रण गरेका छन् ? भन्ने विषयमा ब्रिफिङ गर्‍यौं’, सिसिएमसीका सचिव खगराज बरालले भने, ‘नेपालमा को’राना संक्र’मण कम गर्न पहिलो चरणमा के के काम गर्न सकिन्छ? दोस्रो चरणमा पुगेपछि राज्य र नागरिकले गर्नुपर्ने दायित्व के के हुन्? भन्ने विषयमा मसिनो गरी आफ्नो कुरा राख्याैं।’

सिसिएमसीले कुनै निर्णय गर्ने भन्दापनि कोरो’ना संक्र’मणको पछिल्लो अवस्थाको विषयमा ब्रिफिङ मात्रै गरेको बरालले बताए। तर, बैठकमा विभिन्न कोणमा छलफल भएपनि कुनै निर्णय नभएको उनले बताए।

सिसिएमसीले आफ्नो तर्फबाट कुरा राखेपछि सबै मन्त्रीहरूले आ-आफ्नो धारणा राखेका थिए। पहिलो चरणमा शहरी क्षेत्रमा भीडभाड कम गर्नुका साथै स्वास्थ्यको मापदण्ड कडा’ईका साथ पालना गर्नुपर्ने मन्त्रीहरूले सुझाव दिए। सीमा आवातजावत कडाइ गर्नुका साथै स्वास्थ्य चेक जाँचको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।

लक’डाउन गर्ने, शैक्षिक संस्था, फिल्म हललगायत ब’न्द गर्ने विषयलाई दाेस्रो विकल्पका रूपमा राखिएको उनले बताए। सिसिएमसी संयोजक पोखरेल हुन् भने सदस्यमा अरु १० सदस्यमा मन्त्री र सचिव रहेका छन्। जसमा गृह, परराष्ट्र, शिक्षा, कृषि, स्वास्थ्य,उद्योग, पर्यटन,अर्थमन्त्री सदस्य हुने व्यवस्था छ। मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य हुने व्यवस्था छ।

यस्ता छन् थप प्रस्ताव :

सार्वजनिक तथा निजी निकायका प्रमुखले आफ्नो तथा अन्तर्गत कार्यालयहरूमा जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने गराउने प्रस्ताव गरेको छ ।

विदेशबाट फर्केपछि घरमा क्वा’रेन्टिन बसेका र संक्र’मित भएर घरमै आइसो’लेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निग’रानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरा’नी गरी सो को विवरण डीसीसीएमसी मार्फत सीसीएमसीमा पठाउने।

सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने । सिट सङ्‌ख्याका अनुपातमा यात्रुको सङ्‌ख्या सीमित रहने गरी ‍यात्राको व्यवस्था गर्ने । सो को नियमित अनु’गमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने ।

रात्रीकालीन डान्सवार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भीडभाड हुने क्रियाकलापहरू राति १० बजेपछी ब’न्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने।

सङ्क्र’मणको अवस्था हेरी महानगरपालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाँउपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रि’य सङ्क्र’मित भएमा सम्बन्धित पालिकाहरूको समन्वयमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वा’रेन्टिन र आइ’सोलेसन लगायतका व्यवस्था मिलाउने ।

कोभि’ड–१९ को कारण विदेशमा मृ’त्यु भएका नेपाली नागरिकको श’व शदग’तका लागि नेपाल ल्याउनै पर्ने भए सम्बन्धित देशले दिएको अनुमतिका आधारमा नेपाल ल्याई शद’गत गर्न दिने।

जनस्वास्थ्य मापदण्डको आमरूपमा पालना भए-नभएको नियमित अनुगमन गर्नका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय, सबै सुरक्षा निकायहरू र शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरी नियमित अनुग’मनको कार्य गर्ने ।

हाल सञ्चालनमा रहेका सबै आन्तरिक विमानस्थलहरूमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा अनिवार्य हेल्थ डेस्क स्थापना गरी यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाउने ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका नाकाहरूमा स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालयको समन्वयमा प्रदेश सरकार र स्थानीय तहले अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने ।

५५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया