आइतबार १७ मंसिर २०८०

काठमाडौं/ बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेर’मा शुक्रबार बिहान नि’धन भएको छ। महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए । बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष सद्भाव थियो’, डा. धितालले भने।

बेलायती सेनामा सेवारत गोर्खा सैनिक र नेपालको तत्कालीन राजसंस्थासँग नजिकको सम्बन्धजस्ता कारणले बेलायती राजपरिवारका अन्य सदस्यजस्तै फिलिपले नेपाललाई थप महत्त्व दिएको डा. धितालको बुझाइ छ । कुनै विशेष समारोहमा नेपाली टोपी लगाएर जाँदा फिलिपले हात हल्लाउने, मुस्कुराउने गरेको सम्झना डा. धिताललाई छ।

नेपालको तत्कालीन राजपरिवारसँग व्यक्तिगत तहमै फिलिपको सम्बन्ध रहेको उनले सुनाए। उनले अध्ययन गर्न बेलायत आउँदा तत्कालीन युवराज दीपेन्द्र र अधिराजकुमार नीराजन राजकुमार र महारानीको सम्पर्कमै बस्ने गरेको बताए।

लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी ‘क्युसी’ जनताको महान् सेवकका रूपमा फिलिपको सम्झना गर्छन् । ‘दो’स्रो विश्वयु’द्धपछि बेलायतमा राजनीतिक स्थिरता कायम गराउन महारानीलाई पतिका रूपमा उहाँले महत्त्वपूर्ण साथ दिनुभयो’, फिलिपलाई दुई अवसरमा भेटेका डा. सुवेदीले भने, ‘उहाँले यहाँका कैयौं च्यारिटीमा संरक्षकको भूमिकाबाट पनि ठूलो योगदान पुर्‍याउनुभएको छ।’ आज’को अन्नपूर्ण पो’स्टमा ख’बर छ ।

३९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया