बुधबार २२ मंसिर २०७८

काठमाडौं/ इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया गएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निध’न भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थि’ए ।

एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासी ठूलो आवा’जले चिच्या’एका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बे’होस अवस्थामा थिए । तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृ त घोष’णा गरेको थियो । हाल उनको श’व परी’क्षणका लागि अस्पतालमा राखिएको छ ।

घट’नाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र श’वलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए । घट’नाको प्रकृति हेर्दा हृद’याघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्य समेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी छन् ।

परदेशमा प्राय: नेपाली युवाहरुकाे ज्या’न गइरहेकाे हामीले सुनिरहन्छाैँ । यी यस्ता घट’नाहरु प्रत्येक दिनजसो नै घटि नै रहन्छन् । सुर्खेत जिल्ला चौपान्य गाउ`पालिका वडा नं ४ का गगन बहादुर राव जो कामको शिलशिलामा कोरियासम्म पुगेका थिए र दैवको यो कस्तो खेल कमाउन गएको छोरो बाक’समा फर्कियो ।

यो घट’ना यसरी पनि अति द र्द नाक भयो कि गगन बिति’सकेपछि उनको श’व नेपाल ल्याउन करिब-करिब १२ देखि १४ लाख खर्च गरेपछि मात्रै नेपाल आइपुगेको हो । त्यहि ठूलो रकम जुटाउन आफन्त इस्टमित्रले सबैसँग चन्दा संकलन गर्दै यसरी श’व नेपाल ल्याउने वातावरण बनाईदिएका थिए ।

५४० पटक हेरिएको

तपाईको प्रतिक्रिया