शुक्रबार २२ मंसिर २०८०

एजेन्सी/ आफ्नै सरकारले लगाएको नियमलाई तोडे’कोमा नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई जरि’वाना तिराइ’एको छ। उनले आफूबाट सो नियम उल्लं’घन हुन गएकोमा सार्व’जनिक रुपमै मा’फी पनि मागेकी थिइन्।

आफ्नो जन्मदिन मनाउन गरिएको पारिवारिक जमघटमा सामाजिक दूरीको नियम पालना नगरे’पछि उनलाई २० हजार नर्वेजियन क्राउन अर्थात् २ हजार ३ सय ५२ डलर ( दुई लाख ८० हजार नेपाली रुपैयाँ) जरि’वाना तिरा’इएकाे हाे।

प्रहरी प्रमुख ओले स्याभेरुदका अनुसार गत फेब्रुअरीको अन्त्यतिर एउटा माउन्टेन रिसोर्टमा प्रधानमन्त्री सोल्वेगले गत फेब्रुअरी २५ का दिन आफनो ६०औं जन्मदिन मनाउन आफूसहित १४ जना परिवारिक सदस्यसँग दुई दिनको लागि नर्वेको राजधानी ओस्लो बाहिर होल नगरपालिकामा गएकी थिइन् ।

सोही क्रममा को’रोना रोग निय’न्त्रण गर्न नर्वे सरकारले जारी गरेका नियमको उल्ल’घंन भएको सरकारी संचारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो । त्यो बेला कुनै पनि कार्यक्रममा १० जनाभन्दा बढि मानिस भेला हुन नि’षेध गरेको थियो। तर, उनकाे जन्मदिनमा १४ जना पारिवारिक सदस्य जम्मा भएकाे बताइएकाे छ।

७५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया