बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको छ। प्रधानमन्त्रीको राजीनामा मागेको एक सातापछि कांग्रेसले शुक्रबार नयाँ सत्ता समीकरणको पहल थालेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘कांग्रेसको प्रस्तावउपर नेकपा माओवादी केन्द्रबाट सकारात्मक धारणा आएको छ। उहाँहरूले हामी सुरुदेखि नै यसका पक्षमा छौं भन्नुभयो’, कांग्रेस प्रवक्ता शर्माले भने, ‘जनता समाजवादी पार्टीले समय मागेको छ।’

जसपाका नेताले कांग्रेसले पहिलो पटक सरकार गठनबारे औपचारिक प्रस्ताव गरेको भन्दै पार्टीमा छलफल गरेर विधिवत् निर्णयमा पुग्ने जवाफ दिएका हुन्। ‘पहिलो पटक कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे औपचारिक प्रस्ताव गरेको छ। हामी अब छलफल गरेर टुंगोमा पुग्छौं’, जसपाका अध्यक्ष महन्थ ठाकुरले भने, ‘नयाँ सरकार गठनबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन। बैठक बसेर विधिवत् निर्णय गर्छाैं।’ यो खबर आ’जको अन्नपूर्ण पो’स्ट दैनि’कमा छ ।

१४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया