बुधबार २२ मंसिर २०७८

काठमाडौं/ स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गरेको छ । एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका संक्र’मण भएपछि बालबालिका कोरोनाको उच्च जोखि’ममा रहेको मन्त्रालयले निष्कर्ष निकालेको हो ।

शिक्षा मन्त्रालयले भने देशभर बन्द नगरेर संक्र’मण बढी फैलिएको स्थानमा मात्रै बन्द हुनसक्ने जानकारी दिएको छ ।

पहिलो लहरको कोरोनामा झण्डै ९ महिना बन्द रहेका शैक्षिक संस्था दोस्रो लहरको जोखिम बढ्दै गएपछी फेरि प्रत्यक्ष पठनपाठन बन्द गराउने सिफारिस स्वास्थ्य मन्त्रालयको छ ।

बिद्यालयहरु भने अहिले संक्रम’णको भयाभह स्थिती नरहेकोले बिद्यालय बन्द गर्न आवश्यक नभएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन जारी राख्ने पक्ष्।मा छन् ।

शिक्षा मन्त्रालयले अहिले देशभरको बिद्यालय बन्द गराउने बारे कुनै छलफल नभएको जनाएको छ । कुनै बढी संक्र’मण फैलिएको ठाउँमा बिद्यालय बन्द गरेर अनलाइन मार्फत पठनपाठन जारी राख्न सकिन्छ तर देशभरको बिद्यालय बन्द गर्ने बारे कुनै योजना नभएको मन्त्रालयको भनाइ छ ।

यसअघि नै शैक्षिक सत्र अस्तव्यस्त भइरहेकाले थप बन्दले बिद्यार्थीको सिकाइमा असर पर्ने बिज्ञहरु बताउछन् । इन्टरनेटको गुणस्तर नाजु’क र विद्यार्थीमा आवश्यक स्रोत–साधन अभा’वले भर्जुअल कक्षा प्रभाबकारी हुने देखिन्दैन ।

२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया