बुधबार २२ मंसिर २०७८

काठमाडौं/ दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन राउण्डको सातौँ दिनमा पनि स्टेजमा रुवा’बासी भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सबैजसो रेकर्ड तो’ड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।

यो शोको तेस्रो सिजनका लागि सुरु भएको अडिसनको सातौँ दिनमा बाजुराका ध्रुब बिकले सबै जजहरुलाई रुवा’एका छन् । उनले जिन्दगीको के भर छ र? भन्दै आफ्नी आमालाई सम्झिएका छन् । कोरो’नाले आमालाई गु मा एका ध्रुबको कुरा सुनेर भ्वाईसको माहोल सुनसान भएको छ ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ । शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । ‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए ।

यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् त ? राजु भन्छन्–‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’ हेर्नु’होस् भिडियो:-

३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया