मंगलबार १६ आश्विन २०८०

काठमाडौं/ गर्मी लागेसँगै हु’किङ तथा बाइ’पास गरेर बिद्युत चो’री गर्ने क्रम बढेको छ । खासगरी प्रदेश दुई र वाग्मती प्रदेशमा चुहावट १ प्रतिशतले बढेको हो। जनकपुर वितरण केन्द्रअन्तर्गत बारा, पर्सा, सप्तरी र सर्लाहीमा चुहा’वट बढेको विद्युत प्राधिकरणले जनाएको छ । प्रदेश २ मा एक वर्षअघि चुहावट १५ प्रतिशत थियो । अहिले बढेर १६ प्रतिशत पुगेको छ ।

त्यस्तै बागमती प्रदेशको चुहावट ७ प्रतिशतबाट बढेर आठ प्रतिशत पुगेको छ । यो प्रदेशमा खासगरी भक्तपुर र ललितपुरमा चुहावट बढेको हो । चो’री बढेको थाहा पाएर पनि प्राधिकरणले प्रभावकारी कदम भने चालेको छैन ।

उसले चुहा’वट रोकथाममा कोरोना महा’मारीको बहा’नाबाजी गरेको छ । जबकि अहिलेको चुहा’वट कायमै रहे प्रदेश २ मा मात्र प्राधिकरणलाई ७० करोड रुपैयाँको क्ष’ति हुन्छ । असारसम्म प्राधिकरणको चुहा’वट १० दशमलव २८ प्रतिशत थियो । माघ मसान्तमा बढेर ११ दशमलव दुई आठ प्रतिशत पुगेको छ । जबकि चुहा’वट ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य थियो ।

ट्रान्समिसन लाइन तथा ट्रान्सर्फमर गुणस्तरीय नहुँदा पनि चुहावट बढ्छ । प्राधिकरणले अहिले ट्रान्समिसन लाइन र ट्रान्सर्फर फेर्ने काम गरिरहेको छ । स्मार्ट मिटर जडानलाई तिब्रता दिए त्यसले चुहा’वट रोकथाममा सहयोग पुग्ने जानकारहरुको भनाइ छ । भि’डियो;-

९८० पटक हेरिएको

तपाईको प्रतिक्रिया