
काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिदै आएको छ । सरकारले प्रदान गरेको उक्त पदकमा भने सरकारले गत वर्ष अनुमोदन गरेको चुच्चे नक्सा सहितको नयाँ नक्सा राखिएको छैन ।
सामाजिक पदक पाउनेहरुले उक्त पदक सामाजिक सञ्जालमा राखेपछि उक्त विषयले चर्चा पाइरहेको छ । तर यस विषयमा गृह मन्त्रालयले भने, यो पोहोर सालकै पदक रहेको र पोहोर पदकमा पहिल्यै छापिएर आइसकेकाले चुच्चे नक्सा सहितको नयाँ नक्सा राख्न नमिलेको दाबी गरेको छ ।
गृहमन्त्रालयका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्सासहितको पदक प्रदान गरिने छ । (news24 nepal बा’ट)