शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जो’खिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् ।

चाँडै बस्ने को’भिड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरी शिक्षण संस्थालाई भ’र्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताए ।

प्राइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा विहिबार बेलुका बोल्दै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि पढाइलाई भ’र्चुअल माध्यममा लैजानुको अर्को उपाय नभएको बताए ।

पछिल्लो समय शिक्षण संस्थाहरु को’रोनाको ह’टस्प’ट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताए । कोभि’डको बेलायती भेरिएन्ट काठमाडौं र पोखराजस्ता ठूला सहरमा फैलिएको र यसलाई रोकथाम गर्नको लागि जनस्वास्थ्यका मापदण्डमा क’डाइ गर्नु जरुरी रहेको समेत उनले बताए ।

पछिल्लो समय युवा उमेर समूहमा नयाँ प्रजातिको कोरो’नाको असर देखिएको र शिक्षण संस्था त्यसबाट सबैभन्दा बढी प्र’भावित भएको मन्त्री त्रिपाठीले बताए । राजनीतिक दलले गर्ने सभा, जुलुसलाई रोक्नको लागि उनले शीर्ष नेताहरुलाई आग्रह समेत गरे ।

थप ३३२ मा कोरोना भाइरस सङ्क्र’मण पु’ष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्र’मण पु’ष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्र’मण पुष्टि भएको हो ।

आजसम्म नेपालमा को’रोना भाइ’रस सङ्क्र’मितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्र’मितको सङ्ख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारे’न्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख दुई हजार १७३ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्या’न गुमा’एको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरो’नाको कारण कसैको पनि मृ’त्यु भएको छैन ।

५३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया