
काठमाडौं/ राजु मास्टर र मरिचमान श्रेष्ठ बल्छी ध्रुब्रेको नयाँ टेलिशृखला ‘जुठे’को भाग ३ ट्रेण्डिङ्को शीर्ष स्थानमा उक्लिएको छ । हिमालय टीभीबाट प्रसारणमा आएको शृङ्खला ‘जुठे’ प्रशारण भएको केही दिनदेखि नै चर्चामा रहेको छ ।
पहिलो भागबाट नै दर्शकको साथ पाएको शृङ्खलाले तेस्रो भागसम्म आउँदा उत्साहजनक साथ पाएको छ । सामाजिक बिषयवस्तुमा निर्माण गरिएको शृङ्खलाले दलित मुक्ती आन्दो’लनको बिषयमा उत्पी’डनको बिषयलाई चित्रण गरेको छ ।
यो सामाजिक सिरियलमा हिमालय टीभीमा बुधबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आइरहेको छ । राजु पौडेल र मरिचमान श्रेष्ठको निर्देशनमा तयार भएको शृङ्खलामा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने सिरियलमा रविन भट्टको सम्पादन छ ।