
काठमाडौं/ अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ साढे ४ महिना यताकै कम’जोर अवस्थामा पुगेको छ । बुधवार प्रतिडलर ११७ रुपैयाँ ८० पैसामा भएको कारोबार बिहीवार (आज) भने १ रुपैयाँ ७९ पैसाले अवमूल्यन भएर ११९ रुपैयाँ ५९ पैसामा खुल्दै छ, जुन पछिल्लो साढे ४ महिना यताकै महँगो हो ।
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि डलरको मूल्य ११९ रुपैयाँ ५९ पैसा तोक्दै छ । यसअघि २०२० नोभेम्बर १७ मा डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेको थियो । त्यसपछि घटेको डलरको मूल्य बुधवारको तुलनामा आज बिहीवार १ रुपैयाँ ७९ पैसाले बढेर ११९ रुपैयाँ ५९ पैसा पुगेको हो ।
डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन पुगेको हो । नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपयासँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारतीय रुपया कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर भई डलरको मूल्य बढ्छ । यो खबर आ’जको आर्थिक अभियान दैनिकमा छा’पिएको छ ।